पेरुविरुद्ध फराकिलो जितका साथ ब्राजिल क्वाटरफाइनलमा प्रवेश



काठमाडौं : ब्राजिलमा जारी ४६औं संस्करण कोपा अमेरिकाको शनिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ। ब्राजिलले खेलको १२ हौं मिनेटमा क्यासेमिरोको गोलमा अग्रता लिएको थियो। उनले मार्किन्होसको पासलाई सदुपयोग गरे। त्यसको ७ मिनेटपछि नै ब्राजिलले रोबर्टो फिर्मिनोको गोलमा अग्रता दोब्बर पार्यो।

खेलको ३२ हौं मिनेटमा एभरटनले गोल गरेपछि ब्राजिल फराकिलो जिततर्फ उन्मुख भएको थियो। पछिल्ला दुवै खेलमा बेन्चबाट आएर प्रभाव जमाएका एभरटनले फिलिप कोउटिन्होको पासमा गोल गरेक थिए।

दोस्रो हाफको ५३ हौं मिनेटमा फिर्मिनोको पासमा कप्तान ड्यानी आल्भेसले गोल गरे । ९० औं मिनेटमा एभरटनले व्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल ५–० ले अगाडि बढ्यो। इन्ज्युरी समयमा ग्याब्रिएल जेससले पेनाल्टी सदुपयोग गर्न नसक्दा ब्राजिल आधा दर्जन गोल पुर्याउन चुकेको थियो। उनको प्रहार गोलरक्षक पेड्रो गलेसेले बचाए।

यस नतिजासँगै ब्राजिल ३ खेलमा ७ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबारै बोलिभियालाई ३–१ ले पराजित गरेको पेरु ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा पुग्यो। तेस्रो स्थानको पेरुको भने ३ खेलमा ४ अंक छ र उत्कृष्ट तेस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ। बोलिभिया अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

ब्राजिलको यो विजयसँगै ऊ अहिले समूह विजेता बनेको छ। समूह विजेता भएसँगै ब्रजिल क्बाटरफाइनलमा प्रवेश गरेको हो।

प्रतिक्रिया दिनुहोस्