अफगानिस्तानविरुद्ध भारतको नाटकीय जित



काठमाडौं : इंग्ल्यान्ड र वेल्समा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले नाटकीय जित दर्ता गरेको छ। साउथह्याम्टनमा शनिबार भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो।

भारतले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १ बल बाँकी रहदा २ सय १३ रन जोड्दा अलआउट भयो। अन्तिम ओभरमा मोहमद शामीले ह्याट्रिक विकेट लिँदै भारतलाई रोमान्चक जित दिलाए।

जारी विश्वकपको पहिलो ह्याट्रिक लिने खेलाडी बनेका शामीले अन्तिम ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा विकेट लिँदै ह्याट्रिक पुरा गरे। 

अफगानिस्तानका लागि मोहमद नाबीले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन्। यस्तै रहमत साहले ३६ तथा गुल्बादीन नाबीले २७ रन बनाए। हास्मतउल्लाह शाहिदी र नाजिबउल्लाह जाड्रनले समान २१र२१ रन बनाए ।

अफगानिस्तानलाई सस्तैमा समेट्न भारतका शामीले ह्याट्रिकसहित चार विकेट लिए। यस्तै जस्प्रित बुम्राह, युजभेन्द्र चहल र हार्दिक पाण्डयले २र२ विकेट लिए। 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो।

भारतका  लागे कप्तान विराट कोहलीले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै केदार जाधबले ५२ रन बनाए। रोहित शर्मा एक रनमा पवोलियन फर्किएको खेलमा के एल राहुल ३०, विजय शंकर २९, महेन्द्र सिंह धोनीले २८ रन बनाएर आउट भए।

अफगानिस्तानका मोहमद नाबी र गुलाबदिन नाइबले समान २(२ विकेट लिए। यस्तै मुजिब उर रहमान, रहमत शाह, राशिद खान र अफताब आलमले समान १–१ विकेट हात पारे।

जितसंगै भारतले ५ खेलबाट ९ अंक जोडेको छ। र, चौंथो जित निकालेको भारत तालिकाको तेस्रो स्थानमा छ।

अफगानिस्तानको यो लगातार छैटौं हार हो। लिगको पुछारमा रहेको अफगानिस्तानले अंक जोड्ने सकेको छैन।

प्रतिक्रिया दिनुहोस्