नाइजेरियालाई हराउँदै जर्मनी क्वाटरफाइनल यात्रामा



एजेन्सी : फ्रान्समा जारी ८औं महिला विश्वकपको समूह  को खेलमा नइजेरीयालाई जर्मनीले ३–०को गालअन्तरले पराजित गरेको छ। सो जिसँगै जर्मनी क्वाटरफाइनलमा प्रवेश गरेको हो।

शनिबार स्टेड डेस अल्फेसमा भएको खेलमा जर्मनीले पहिलो हाफमा २–० गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा १ गोल थपेर सहज जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो। २ पल्टको च्याम्पियन जर्मनी विश्वकपको उपाधि दावेदारमध्येको टोली हो।

खेलको २० औं मिनेटमा पोपको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो। ७ मिनेटपछि सारा डाब्रिट्जले पेनाल्टीमा गोल गरी पहिलो हाफमा दोहोरो अग्रता निश्चित गरिन्।

दोस्रो हाफको अन्त्यतिर जर्मनीले अर्को एक गोल थप्यो। ली सुलरले ८२ औं मिनेटमा गोल गरी ३-० को जित निश्चित गरिन्।

प्रतिक्रिया दिनुहोस्