इंग्ल्यान्ड विश्वकपमा बनेका चार नयाँ रेकर्ड



काठमाडौं : विश्वकप क्रिकेटको २९औं खेल सकिएको छ। यसका साथै संस्करणको लगभग दुईतिहाई खेल सम्पन्न भए। यसबीच सम्झनलायक धेरै तथ्यहरु फेला परेका छन्। सबैभन्दा धेरै सम्झनामा आउने कुरा त वर्षा भइहाल्यो त्यसपछि पनि केहि यस्ता कुराहरु छन् जसले नयाँ रेकर्ड कायम गरे। विश्वकपमा देखापरेका चार नयाँ कुरा यस्ता छन् :

सर्वाधिक रन : अष्ट्रेलिया र बंगलादेश

विश्वकप २०१९ मा अस्ट्रेलिया र बंगादेशबीचका खेलमा सर्वाधिक रन बनेको छ। जुन यसअघिका विश्वकपमा बनेको थिएन्। अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ३८१ रन बनाएपछि बंगलादेशले जवाफि ब्याटिङ गर्दै ३३३ रन जोडेको थियो। दुवै टिमको जोडेर यस खेलमा ७१४ रन बन्यो। यसभन्दा अगाडि अस्ट्रेलिया र श्रीलंकाले २०१५ को विश्वकपमा ६८८ रन बनाएका थिए।

एक सय ५० बढी रन : डेबिड वार्नर 

अस्ट्रेलियाका डेभिड वार्नर एक वर्षको प्रतिबन्ध पछि जारी विश्वकपमा टिममा मात्र टिममा फर्किएका हुन्। उनलाई बल टेम्परीङको मुद्दामा उक्त प्रतिबन्ध लगाइएको थियो। उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पनि अगाडि रहेका छन्। अहिलेसम्म दुई शतक र दुई अर्धशतक बनाइसकको वार्नरले यस विश्वकपमा बंगलादेशविरुद्ध १६६ रन बनाएका थिए। जारी विश्वकपमा वार्नरले सो रन बनाएपछि बंगलादेशलालाई तीन सय ८२ रनको लक्ष्य दिएको थियो। पाकिस्तानविरुद्ध उनले १०७ रन बनाएका थिए।

यसैगरी २०१५ को विश्वकपमा अफगानिस्तानविरुद्ध १७८ रन बनाएका थिए। लगातार दुई वटा विश्वकपमा १५० बढी रन बनाउने खेलाडीको रेकर्ड वार्नरको नाममा रहेको छ।

सर्वाधिक छक्का : इयोन मोर्गन

जारी विश्वकपको २४ औं खेलमा इंग्ल्याण्डले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै ३९७ रन बनायो। जसमा इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले ५७ बलमै शतक बनाए। ३७ बलमा अर्धशतक पुर्याएका मोर्गनले अरु २१ बलमा ५० रन जाडेका थिए ।

यसका साथै मोर्गनले आफ्नै देशका जोस बटलरको नाममा रहेको सर्वाधिक छिटो शतक बनाउने कीर्तिमानसमेत तोडेका छन्। मोर्गनले यस खेलमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड पनि बनाए। उनले आफ्नो इनिङ्समा सर्वाधिक १७ छक्का प्रहार गरे। यसअघि रोहित शर्मा र क्रिस गेलले प्रहार गरेको १६ छक्काको रेकर्ड तोडेका हुन्।

धेरै वर्षा

जारी विश्वकपमा पानी अर्थात् वर्षाकै कारण ५ खेल नतिजाबिहिन बनिसकेका छन्। यसले केहि टोलीलाई फाइदा पुर्याएको छ भने केहि दर्बिला टिमलाई घाटा पुर्यायो। तर यसका साथै वर्षाका कारण धेरै खेल रोकिनेको रेकर्ड पनि यो विश्वकपले राखेको छ। यसअगाडि सन् १९९२ को विश्वकपमा दुई खेल वर्षाका कारण रोकिएका थिए।

प्रतिक्रिया दिनुहोस्