अस्थिर पाकिस्तानविरुद्ध निरास दक्षिण अफ्रिका



काठमाडौं : दक्षिण अफ्रिकाले न्युजिल्यान्डमाथि जित निकाल्न नसक्दा अब उसको यात्रमा सबै सफलता हातपरे तापनि अघिल्लो चरणमा जानका लागि अरु टोलीको नतिजामा भर पर्नु परेकाे छ। यसर्थमा हेर्दा अफ्रिकाको अवस्था निराशामा जकडिएको छ।

उता वेस्ट इन्डिजसँग एस सय ५ रनमै सिमित भएको पाकिस्तन इंग्ल्यान्डलाई हराएर आफूलाई अस्थिर भएको सावित गरेको छ। त्यपछिका अन्य खेलमा पाकिस्तानले राम्रो खेल पस्किन सकेको छैन्। उसले अष्ट्रेलिया र भारतविरुद्ध कमजोर प्रदर्शन गरेको हो। यस्तो अलमलिएको नतिजा निकाल्दै आएका टोलीले आज कस्तो प्रदर्शन गर्लान् त ? त्यो त खेलले नै बताउला।

आज(आइतबार) को खेलमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिका भिड्दैछ। लर्डसमा हुने यो खेल नेपाली समयअनुसार सवा तीनबाट सुरु हुनेछ।

भारतबिरुद्ध ८९ रनले हारेको पछिल्लो खेलमा पाकिस्तान तीनै क्षेत्र ९ ब्याटिङ बलिङ र फिल्डिङमा कमजोर देखिएको थियो। सेमिफाइनलमा पुग्ने आशा कायमै राख्नका लागि पाकिस्तानका लागि पनि यो खेल गर या मरको अवस्थामा छ।

पाकिस्तानका मोहम्मद आमिरले विश्वकपमा अहिलेसम्म सानदार प्रदर्शन गरिरहेका छन्। पाकिस्तानी टिममा उनको छेउछाउको प्रदर्शन गर्ने एउटा खेलाडी पनि छैनन्। ठूला टोलीविरुद्धको खेलमा राम्रो नतिजा ल्याउनका लागि सबै क्षेत्रबाट सन्तुलित प्रदर्शन जरुरी हुन्छ।

दक्षिण अफ्रिकाको बलरहरुले विपक्षीलाई चुनौति दिए पनि ब्याट्सम्यानहरुले अहिलेसम्म आफूलाई प्रमाणित गर्न सकेका छैनन्। त्यसैले त उसले ६ खेलमा अफगानिस्तानबाहेक अन्य कुनै टोलीलाई हराउन सकेको छैन।

लर्डसको मैदानमा सन् २०१८ को जुलाईपछि पहिलोपल्ट एकदिवशीय खेल आयोजना हुँदैछ  आइतबार लण्डनमा आंशिक बदली हुने अनुमान गरिएको छ र सुख्खा पीचमा स्पिनरहरु प्रभावशाली हुनेछन्।

प्रतिक्रिया दिनुहोस्