अफ्रिका कप अफ नेसन्समा समूह ‘ए’ र ‘बी’ को पहिलो खेल सकियो



एजेन्सी : इजिप्टमा जारी ३२औं अफ्रिका कप अफ नेसन्सको समूह ‘ए’ र ‘बी’  को पहिलो खेल सकिएको छ। कुल २४ टोली समावेश भएको खेलको पहिलो दुई समुहको खेल सकिएको हो।

हिजो (शनिबार) राति दुई खेल सम्पन्न भएका थिए। जसमध्ये पहिलो खेलमा कंगो र युगान्डा भिड्दा युगान्डाले २–० गोलको नतिजा हात पारेको थियो। प्याट्रिक कमडु र इम्यानुएल ओक्वीले क्रमशः १४ र ४८ मिनेटमा गोल गरेका थिए।

यसका साथै समूह ‘ए’ को पहिलो खेल सकिदा युगान्डा ३ अंकका साथ कंगोविरुद्ध २ गोल लगाएर शीर्षस्थानमा रहेको छ भने आयोजस टाेली इजिप्ट समान तीन अंकका साथमा तालिकाको दास्रो स्थानमा छ। जिम्बाबे र कंगोले भने अंक प्राप्त गर्न सकेका छैनन्।

त्यस्तै हिजोको दास्रो र समूह बी को पहिलो खेलमा नाइनजेरियाले बुरुन्डिलाई १–० को गालअन्तरले हराएको छ। नाइनजेरियाको लागि आडियोन इग्हालोले खेलको ७७औं मिनेटमा गोल गर्दै नतिजा आफ्नो पकडमा बनाएका थिए।

समूह ‘बी’ को दास्रो खेल आज सम्पन्न भयो। यो खेलमा भने ग्युनिया र माडागास्करले बराबरको खेल खेलेका छन्। ग्युनियाको तर्फबाट सारी काबाले पहिलो गोल गरेका थिए। १–०को नतिजामा पहिलो हाफ टुंगिएको थियो। 

४९औं मिनेटमा एनिसिएट अल्बाले माडागास्करको तर्फबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। ५५औं मिनेटमा माडागास्करकै तर्फबाट कारोलियसले गरेको गोलको बराबरी गर्न ६६औं मिनेटमा फ्रांकोसिस कामानोले गोल गरेका थिए।

यसरी बराबरीमा टुंगिएपछि समूह बी को नतिजामा माडागास्कर र ग्युनिया समान गोल र अंकका साथ तालिकाको दास्रो र तेस्रो स्थानमा छन्। नाइजेरिया ३ अंकका साथमा शीर्ष स्थानमा छ भने बुरुन्डि बिना अंक अन्तिम स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्