प्रदेश–५ माथि सुदूरपश्चिमको फराकिलो जित



काठमाडौं : प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ। कञ्चनपुरको महेन्द्रनगरमा आइतबार भएको खेलमा प्रदेश–५ लाई ५१ रनले पराजित गर्दै सुदूरपश्चिमले प्रदेश विजयी भएको हो।  

सुदूरपश्चिमले प्रदेशले दिएको १ सय १ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–५१६ ओभरमा ४९ रनमा समेटियो। प्रदेश–५ का लागि लक्ष्मी चौधरीले अविजित १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। उसका ५ खेलाडीले खाता खोल्न सकेनन्।

प्रदेश–५ लाई सस्तैमा समेटन सुदुरपश्चिमकी जानकी भट्टले ३ विकेट लिइन। यस्तै कबिता कुवर, सुमन बिष्ट र लक्ष्मी साउदले समान २–२ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६.१ ओभरमा अलआउट हुँदै १ सय रन बनाएको थियो।

सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक ४३ रन बनाइन्। त्यस्तै कबिता जोशीले १९ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रनको अंकको स्कोर छुन सकेनन्। प्रदेश–५ की नेरी थापा र अलिसा केसीले समान ३–३ विकेट हात पारे। खेलको ‘वुमन अफ द म्याच’ सुदुर पश्चिमकी कबिता कुँवर घोषित भइन्।

प्रतिक्रिया दिनुहोस्