ललित स्मृती यु–१८ फुटबल : आर्मीको विजयी सुरुवात



काठमाडौं : त्रिभुवन आर्मी क्लबले ललित स्मृती यु–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा फ्रेन्ड्स क्लब कुपन्डोललाई २–० ले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो।

आर्मीको जितमा खेलको चौंथो मिनेटमा विशाल बस्नेत र ३८ औं मिनेटमा जय अधिकारीले गोल गरे। जितसँगै समूह ‘बी’ बाट आर्मीले ३ अंक जोडेको छ।

फ्रेन्ड्सले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ। एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्