हरिस र बाबरको अर्धशतकमा दक्षिण अफ्रिकालाई फराकिलो लक्ष्य



काठमाडौं : इङ्ल्याण्ड र वेल्समा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि ३ सय ९ रनको मध्यम लक्ष्य दिएको छ। लर्ड्समा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३ सय ८ रन बनायो।

पाकिस्तानका लागि हरिश सोहिल र बाबर आजमले अर्धशतकीय योगदान दिए। शतक बनाउन ११ रनले चुकेका हरिशले ५९ बलमा ९ चौका र ३ छक्कासहित ८९ र बाबरले ८० बलमा ७ चौंकासहित ६९ रन बनाए। त्यस्तै फकर जमान र इमाम उल हकले समान ४४–४४, इमाद वासिमले २३ र मोहमद हाफिजले २० रन जाडे।

दक्षिण अफ्रिकाका लागि लुन्गी निडीले ९ ओभरमा ६४ रन खर्चेर ३ विकेट हात पारे। त्यस्तै इमरान ताहिरले २,एडेन मार्कराम र एन्डिलो फहवकुवलोको नाममा समान १ विकेट रह्यो। आज दुवै टोली जित निकाल्दै आफ्नो खराब लयलाई पूर्णविराम लगाउने योजनामा रहेका छन्। दुवै टोली विश्वकपमा दोस्रो जितको खोजीमा छन्।

प्रतिक्रिया दिनुहोस्