अमेरिकाको अधिकांश बालबालिकामा कोरोना संक्रमण



एजेन्सी । अमेरिकामा रहेको अधिकांश बालबालिकामा कोरोना संक्रमण भएको तथ्य सार्वजनिक भएको छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले नयाँ अध्ययन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

सीडीसीको रिर्पोट अनुसार अमेरिकाका अधिकांश बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । सीडीसीको अनुसार १४० मिलियनभन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस संक्रमण भएको छ। हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ।

बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र ११ वर्षसम्मका बालबालिकाहरु मध्ये ५८ प्रतिशतमा प्राकृतिक संक्रमणको एन्टिबडी छ।

प्रतिक्रिया दिनुहोस्