पाकिस्तानको दोस्रो जित, दक्षिण अफ्रिका बाहिरियाे



काठमाडौं : इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसीय आईसीसी विश्वकप क्रिकेटको हिजो (आइतबार) सम्पन्न खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले हराएको छ। ३ सय ९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५९ रनमा समेटियो।

यस खेलका साथै दक्षिण अफ्रिका २ खेल अगावै अघिल्लो चरणमा पुग्ने सम्भावनाबाट बाहिरीएको छ।

लर्डसमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय ८ रन बनायो। बलियो सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरेको थियो। उसका ओपनर फकर जमान ४४ रनमा आउट भए।

त्यसपछि इमाम उल हक पनि ४४ रनमा आउट भएपछि पाकिस्तानले ९८ रनमा दोस्रो विकेट खेर फाल्यो। त्यसपछि क्रिजमा आएका मोहम्मद हफिजमात्र २० रनमा आउट भए। चौथो विकेटका लागि बाबर अजाम र ह्यारिस सोहेल विच ८१ रनको साझेदारी हुँदा पाकिस्तान बलियो स्थितीमा पुगेको थियो। बाबर ६९ रनमा आउट हुन पुगे।

त्यसपछि इमाद वासिमले २३ रन बनाए भने हारिस सोहेलले अविजीत ८९ रन बनाए। बलिङमा दक्षिण अफ्रिकाका इमरान ताहिरले दुई विकेट लिए।

जवाफमा दक्षिण अफ्रिका ५० ओभरमा नौ विकेट गुमाउँदा दुई सय ५९ रनमा रोकियो।

राम्रो सुरुवात गर्न नसकेको दक्षिण अफ्रिका लागि कप्तान फाफ डु प्लेसिसले ६३ रन बनाए भने क्विन्टन डी ककले ४७ रनको योगदान गरे। यस्तै भान डर डुसेनले ३६ र डेविड मिलरले ३१ रन बनाए।

यसका साथै उसका लागि फेलुक्वायोले अविजित ४६ रन बनाए भने क्रिस मोरीसले १६ रन बनाए। बलिङमा पाकिस्तानका वाहेब रियाज र सहदाव खानले तीन तीन विकेट लिए।

यो खेलका साथै पाकिस्तान तालिकाको सातौं स्थानमा छ। उसले अबका सबै खेल जितेमा मात्र माथि जाने सम्भावना रहन्छ।

प्रतिक्रिया दिनुहोस्