उपाधि दाबेदार ब्राजिललाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश



एजेन्सी : फ्रान्समा जारी आठौं महिला विश्वकपको ग्रुप सोह्रको सोमबार राति सम्पन्न खेलमा फ्रान्सले ब्राजिललाई २–१ को नमिठो हार दिएको छ। निर्धारित समयमा १–१ गोलकाे बराबरीमा टुंगिएको खेललाई रेफ्रीले थप समय प्रदान गरेका थिए। उक्त थप समयमा फ्रान्सले अर्को गोल थपेको थियो।

लि हाब्रेमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो। अतिरिक्त समयको १०६औं मिनेटमाअमनदिने हेनरीले गोल गर्दै फ्रान्सको जित पक्का गरिन्।

त्यसअघि खेलको ५२औं मिनेटमा भालेरी गौभिनको गोलबाट घरेलु टोली फ्रान्सले खेलमा अग्रता बनाएको थियो। ६३औं मिनेटमा थाइसाले बराबरी गोल फर्काउदै ब्राजिललाई खेलमा फर्काएकी थिइन् । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको हो।

अब अन्तिम क्वाटरफाइनलमा स्पेन र अमेरिकाबीच खेल हुदैछ। यसअघि नर्वेले अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–१ ले तथा इंग्ल्यान्डले क्यामरुनलाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्