साउथह्याम्प्टनकाे मञ्चमा बंगलादेश र अफगानिस्तान



अफगानिस्तान र बंगलादेश एकदिवशीय विश्वकपमा कमजोर मानिएका टिम हुन्। अफगानिस्तान अहिलेसम्म जितबिहीन रहँदा बंगलादेशले भने जायन्ट किलरको रुपमा दक्षिण अफ्रिका र वेष्ट इण्डिजलाई पराजित गरेर सनसनी मच्चाएको छ। ६ खेलबाट ५ अंक जोडेको बंगलादेशको सेमिफाइनल प्रवेशको सम्भावना भने कमजोर नै छ।

बंगलादेश र अफगानिस्तानबीचको यो खेल साउथह्याम्प्टनमा नेपाली समयअनुसार आज दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ। यो यही मैदान हो जहाँ अफगानिस्तानले शनिबार भारतसँग ११ रनको साँघुरो हार ब्यहोरेको थियो।

विश्वकपको प्रमुख उपाधि दावेदार भारतलाई २२४ रनमै रोकेको अफगानिस्तानको ब्याटिङ पंक्तिले धैर्य कायम राख्न नसक्दा हार ब्यहोर्नुपरेको हो। मोहम्मद नावीले अर्धशतकीय पारी खेले पनि अन्यले साथ दिन सकेनन्। बलियो टोली भारत लज्जास्पद हारबाट जोगियो।

त्यसको विपरित बंगलादेशले भने बलिङमा कमजोर प्रदर्शन गरिरहेको छ। शकिव अल हसनले बंगलादेशको ब्याटिङ नेतृत्व गरेका छन्। उनले अहिलेसम्म २ शतकसहित सानदार प्रदर्शन गरिरहेका छन्। हसनलाई मुसफिकर रहिमले साथ दिइरहेका छन्।

पछिल्लो ३ खेलमा बंगलादेशले ३ सय २० भन्दा माथिको योगफलको लक्ष्य पछ्याउनुपरेको छ। त्यसैले बलिङ र फिल्डिङ क्षेत्रमा धेरै सुधारको आवश्यकता छ।

प्रतिक्रिया दिनुहोस्