अफ्रिका कप अफ नेसन्स : केन्याविरुद्ध अल्जेरीयाको जित



समूह ए र बीको पहिलो खेल सकिएपछि आज समूह सी को पहिलो चरणको पहिलो दुई खेल सम्पन्न भएका छन्। ती खेलमा अल्जेरीया र सेनेगल विजयी वनेका हुन्। त्यस्तै समूह डी को पनि एक खेल सम्पन्न भएको छ। सो खेलमा मारोक्को विजयी बनेको छ।

समूह ‘सी’ मा रहेको अल्जेरियाले केन्यालाई २–० ले पराजित गरेको छ। अल्जेरियाको सहज जितमा बग्दाद बाउनेजा र रियाद महारेजले गोल गरे। दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो।

खेलको ३४औं मिनेटमा बग्दादले पेनाल्टीमा गोल गर्दै अल्जेरियालाई अग्रता दिलाएका थिए। ४३औं मिनेटमा महारेजले गोल गर्दै अल्जेरियालाई पहिलो हाफमा २–० को अग्रता दिलाए। दोस्रो हाफमा थप गोल निस्कन नसक्दा अल्जेरिया २–० ले विजयी हुन सफल भयो।

यही समूहको अर्काे खेलमा सेनेगलले तान्जिनियालाई २–० ले नै पराजित गरेको छ। सेनगलको जितमा केइटा बाल्डे र क्रिपिन डिट्टाले गोल गरे। जितसँगै अल्जेरिया र सेनेगलले समूह ‘सी’ मा ३ अंक जोडेको छ। पराजित केन्या र तान्जिनिया अंकविहीन छ।

समूह ‘डी’ को खेलमा मोराक्कोले नामिवियालाई १–० ले पराजित गरेको छ। मोरोक्कोको जितमा अन्तिम समयमा भएको आत्मघाती गोल नै निर्णायक बन्यो। बराबरीतर्फ धकेलिएको खेलको ८९औं मिनेटमा विपक्षीको प्रहार बचाउने क्रममा इटामुन्वा केइमुन्नेले आत्मघाती गोल गर्न पुगेका थिए।

जितसँगै मोरोक्कोले समूह ‘डी’ मा ३ अंक जोडेको छ। पारजित नामिविया पुछारमा छ।

प्रतिक्रिया दिनुहोस्