पराग्वेलाई पराजित गर्दै कोलम्बिया क्वाटरफाइनलको यात्रामा



ब्राजिलमा जारी ४६औं कोपा अमेरिकाको खेलमा कोलम्बियाले पराग्वेलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेको छ।

समूहको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै कोलोम्बियाले शीर्षस्थान पक्का गरेको हो। कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे। उनले ३१ औं मिनेटमा सान्टियागो आरियासको पासलाई सदुपयोग गर्दै कोलोम्बियालाई अग्रता दिलाएका थिए कोलोम्बियाको जितमा गुस्ताभो क्वेलारले एकमात्र गोल गरे। यस पराजयसँगै पाराग्वे भने प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ।

समूह ‘बी’ मा कोलोम्बियाले ३ खेलमा ३ जितसहित ९ अंक जोड्दा अर्जेन्टिनाले ३ खेलमा १ जित, १ १ हार र १ बराबरीसँगै ४ अंक जोड्यो। कोलोम्बियाले पहिलो खेलमा अर्जेन्टिनालाई २-० ले पराजित गरेको थियो। पाराग्वेले ३ खेलमा २ तथा कतारले १ अंक जोडेको छ। अन्य समूहको खेल सकिएपछि पाराग्वे उत्कृष्ट दुई तेस्रो टोलीमा परेर दोस्रो चरणमा पुग्ने सम्भावना कायम छ।

प्रतिक्रिया दिनुहोस्