पारो ट्रान्सपोर्ट युनाईटेड फुटबल क्लबसँग पराजित



नेपाली यू–१९ टिमका कप्तान तथा गोलकिपर अर्पण कार्की रहेको टिम पारो स्पोर्ट्स क्लबले भुटान प्रिमियर लिगको पहिलो खेलमा हार व्यहोरेको छ ।

लिगको आफ्नो पहिलो खेलमा पारो ट्रान्सपोर्ट युनाईटेड फुटबल क्लबसँग १-० गोल अन्तरले पराजित भएको हो । ट्रान्सपोर्टको जितमा दोर्जीले ८६ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

ट्रान्सपोर्टविरुद्धको खेलमा नेपाली यू–२३ टिमका गोलकिपर समेत रहेका अर्पण पहिलो रोजाईमा मैदान उत्रिएका थिए ।  

अर्पण यस सिजनका लागि पारोमा अनुबन्धित भएका हुन् । लकिपर अर्पणले पारोबाट यसअघि पनि खेलेका थिए । यस संस्करणको जिग्मे दोर्जे वाङ्चुक गोल्डकपमा अर्पणले पारोबाट खेलेका थिए । पारो च्याम्पियन समेत बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्