फाकफोकथुममा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरू



ईलाम : फाकफोकथुम गाउँपालिका अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता आजदेखि सुरू भएको छ।

फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माध्यमिक विद्यालय आमचोकको खेल मैदानमा सुरू भएको उद्घाटन खेलमा विद्यालय परिवार विजयी भएको छ।

फाकफोकथुम गाउँपालिकाका कर्मचारी र विद्यालय परिवारबीच भएको मैत्रीपूर्ण खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो। ट्राइबेकरमा विद्यालय परिवारले ४–३ गोलले कर्मचारीलाई पराजित गर्यो।

त्यस्तैगरी आजै भएको पुरूषतर्फको खेलमा वडा नं. ४ बी फूएतप्पा दुई गोल गर्दै विजयी बन्यो। वडा नं. ४ बी र वडा नं. १ ए बीच भएको निक्कै घम्साघम्सी र सनसनीपूर्ण खेलमा फूएतप्पाले दुई गोल गर्यो।

महिलातर्फको खेलमा वडा नं. ४ वाक ओभर पाउँदै विजयी बनेको छ। वडा नं. २ को महिला टीम खेलमा सहभागी नबनेपछि वडा नं. ४ ले वाकओभर पाएको थियो। त्यस्तैगरी ४० वर्ष माथिको भेन्ट्रान्सतर्फ वडा नं. ४ र वडा नं. ३ बीच भएको घम्साघम्सी खेलमा शुन्यका विरुद्ध १ गोल गर्दै वडा नं. ३ विजयी बनेको छ। वडा नं. ३ का तर्फबाट विशाल थापाले गोल गरी टीमलाई विजयी गराए।

प्रतिक्रिया दिनुहोस्