स्थानीय सरकारको तिहार नियमः रेकर्डेड गीत बजाउन प्रतिबन्ध



रुपन्देही : रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ ।

मौलिक संस्कृति बचाउन गरिएको आग्रह विपरित गीत बजाए कारबाही गरिने देवदह नगरप्रमुख हीरा केसीले बताए । 'देउसी भैलो खेल्दा विकृति बढेको विश्लेषण गरी यस्तो नियम बनाइएको हो'-उनले भने । 

नगरपालिकाले देउसीभैलो टोलीलाई दिने दान रकम समेत तोकेको छ ।

देउसी भैलोमा ठुलो स्वरमा स्पिकर बजाए सामान बरामद गरिने नगरपालिकाले चेतावनी दिएको छ । आजको अन्नपुर्ण पोष्टमा यो समाचार छ । 

प्रतिक्रिया दिनुहोस्