चिनियाँ राजदूतले भेटिन माओवादी अध्यक्ष



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।
बुधबार बिहान राजदूत यान्छी प्रचण्डलाई भेट्न खुमलटार पुगेकी थिइन् । प्रचण्ड र यान्छीबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको छ । यस्तै, भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषयमा समेत छलफल भएको थियो ।
यस्तै, नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी अनुमोदन गरेपछि चिनियाँ राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिकाले नेपाललाई एमसिसी अनुमोदन गर्न दबाब दिँदा अमेरिकाले अप्रत्यक्ष रूपमा बोल्दै आइरहेको थिए ।

प्रतिक्रिया दिनुहोस्