‘घर-घर जाऔं, कांग्रेस जिताऔं ́ अभियान (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई केन्द्रीत गरेर अभियान घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गर्दै कांग्रेसले चुनाव लक्षित अभियान सार्वजनिक गरेको छ ।

कांग्रेसले आफू सरकारमा रहेर निर्वाचन गराउँदा पार्टी हार्ने यसअघिको नजिरलाई तोड्ने उदेश्यका साथ विभिन्न योजना सहित अभियान सार्वाजनिक गरेका छन् । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत कांग्रेसले विभिन्न पदमा रहेका पार्टीका नेता कार्यकताहरुलाई जिम्मेवारी सहित गाउँगाउँमा गएर चुनाव केन्द्रीत अभियान संचालन गर्न निर्देशन सहित अभियान घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्