चुनावी अभियान तय गर्दै आज सकिने



काठमाडौं । बुधबारदेखि सुरु एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज सकिदै छ । एमसीसी पास गर्नुपर्ने बाध्यताबारे प्रस्ट्याउँदै र आगामी चुनावी कार्ययोजना पारित गर्दै बैठक आज सक्ने तयारी गरिएको छ । 

अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको समूहगत छलफलको निष्कर्ष सुनाउँदै बैठक बिहीबारै सकिने नेता मेटमणि चौधरीले जानकारी दिएका छन् ।

पार्टीको बैठकमा अध्यक्ष नेपालले बुधबार १० पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । जसमा सात प्रदेश सहित नौ वटा समूहमा विभाजन गरेर प्रतिवेदनमाथि बुधबारबाटै छलफल भएको छ । साथै स्थायी कमिटी र पोलिटब्युरो सदस्य भने समूहगत छलफलमा सहभागी छैनन् । 

अध्यक्ष नेपालको प्रतिवेदनमा खासगरी एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यता, वर्तमान राजनीतिको विश्लेषण तथा आगामी चुनावबारे चर्चा गरिएको छ । सो पार्टीले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण पार्टी पंक्ति केन्द्रित हुनेगरि कार्ययोजना बनाउने भएको छ । 

 

प्रतिक्रिया दिनुहोस्