लिभरपुलद्वारा ब्राइटन पराजित



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्राइटनलाई २–० ले पराजित गर्दै पुनः म्यानचेस्टर सिटीसँगको अग्रता घटाएको छ ।
शनिबार साँझ भएको खेलमा लिभरपुलले ब्राइटनलाई सहज रुपमा पराजित गर्दै महत्वपूर्ण तीन अंक हासिल गरेको हो । जितसँगै लिभरपुलले सिटीसँगको अंक दुरी पुनः तीन अंकमा घटाउन सफल भयो ।
लिभरपुलले खेलमा १९ औं मिनेटमा नै लुइस डियाजको गोलमार्फत खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा अग्रता दोब्बर पारेको थियो ।
इजिप्टसियन स्टार मोहमद्द सलाहले ६१ औं मिनेटमा अग्रता दोब्बर बनाएका थिए । उनले पेनल्टीमार्फत टिमका लागि दोस्रो गोल गरे। ब्राइटनले भने आफ्नो खराब प्रदर्शन जारी राख्यो ।
ब्राइटनले १२ फेब्रुअरीमा वार्टफोर्डलाई २–० ले पराजित गरेयताका लगातार पाँच खेलमा पराजित भएको छ । लिगमा जितपछि लिभरपुलको ६६ अंक भएको छ । शीर्ष स्थानको सिटीको ६९ अंक रहेको छ । पराजित ब्राइटेन ३३ अंकका साथमा १३ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्