प्रेस चौतारी अध्यक्षमा बस्नेत सर्वसम्मत



काठमाडौं । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्। पोखरामा भएको नवौँ राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको हो।

बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। १७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर महासचिवमा हिरामान लामा, उपमहासचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्