रोनाल्डोको ह्याट्रिकमा युनाइटेडको रोमाञ्चक जित



काठमाडौं । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनहमविरुद्ध ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए ।

३५औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटनहमलाई बराबरीमा ल्याए । खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । ७२ औं मिनेटमा युनाइटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो। खेलको ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाइटेडलाई ३-२ अन्तरको रोमाञ्चक जित निकालेको हो। 

यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन्। जितसँगै युनाइटेडले २९ खेलमा ५० अङ्क जोडेर चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम ४५ अङ्क जोडेर सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्