राखेपको मुद्दा पेशीमै नचढेर स्थगित



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवबाट आफ्नो बर्खास्ती र नयाँ नियुक्तिविरुद्ध रमेशकुमार सिलवालले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आइतबार पेशीमा नचढी स्थगित भएको छ ।

सर्वोच्च अदालतको वेबसाइटमा राखिएको सूचनाअनुसार सिलवालले दायर गरेको रिटको पेशी स्थगित भएको हो । पछिल्लो एक महिनायता हरेक साता पेशी तोकिए पनि कतिपय अवस्थामा हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै रिटको सनुवाइ भएको छैन ।

सिलवालले गत कात्तिक २८ गते आफ्नो बर्खास्ती र मंसीर २१ गते नयाँ नियुक्तिबारे मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

दुवै रिटमा प्ररम्भिक सुनुवाइ गरी सर्वोच्चले मंसीर ३० गते सबै पक्षसँग बृहत छलफलपछि निर्णय गर्नुपर्नेु देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरी पुस १२ गतेका लागि पेशी तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्