आइटिएफ तेक्वान्दो च्याम्पियनसिप चैत्र ५ र ६ गते हुने



काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउण्डेशनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप–२०२२’ आयोजना गर्ने भएको हो ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले चैत्र ५ र ६ गते दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो । प्रतियोगितामा ७ प्रदेश २ विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलबाट क्रमशः ३/३ जना महिला/पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीहरुको सहभागिता रहने छ । विजेता खेलाडीले क्रमशः ५००, ३०० र २०० नगद अमेरिकी डलर पुरस्कारका साथै मेडल र प्रमाणपत्र वितरण गर्ने फाउण्डेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्