सोमबार दशरथ रंगशालादेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकल म्याराथुन हुने



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको खेलकुद विभाग संघीय समाजवादी खेलकुद महासंघको आयोजनामा सोमबार काठमाडौंको दशरथ रंगशालादेखि दमक तथा धनकुटा टुँडिखेलसम्म ‘एकल म्याराथुन–२०७८’ हुने भएको छ ।
महासंघले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । ‘सबैका लागि खेलकुद हाम्रो अभियान, संघीयता सुशासन र संघीय समाजवाद राष्ट्रको पहिचान’ भन्ने सन्देश प्रवाह गर्दै,‘स्वास्थ्यको लागि दौड, राष्ट्रको लागि खेलकुद–२०७८’ भन्ने नाराका साथ एकल म्याराथुनको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कीर्तिमानी अन्तर्राष्ट्रिय म्याराथुन धावक बैकुण्ठ मानन्धर र कीर्तिमानी अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धाविका मिरा राईको प्रमुख आतिथ्यतामा काठमाडौं दशरथ रंगशालादेखि धनकुटा टुँडिखेल तथा काठमाडौं दशरथ रंगशालादेखि दमकसम्मको एकल म्याराथुन दौड बिहान ७ बजे उद्घाटन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्