चार ए डिभिजन क्लबले भने-फुटबल विवाद चाँडो समाधान होस्



काठमाडौं । पछिल्लो समय नेपाली फुटबलमा विवाद समाधानका लागि एन्फाले यथाशीघ्र छिटो पहल गरिदिन ४ ए डिभिजन क्लबले अनुरोध गरेका छन् ।
ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी), मनाङ मस्र्याङदी क्लब, थ्रीस्टार र संकटा क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय घरेदु फुटबलमा देखिएको विवाद छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेका हुन् ।
यसअघि ए डिभिजनका ८ क्लवले विरोध गरेपनि पत्रकार सम्मेलनमा भने ४ क्लवका पदाधिकारी मात्र उपस्थित थिए । अन्य ४ क्लबको बोर्ड बैठक नबसेका कारण पत्रकार सम्मेलनमा उपस्थित नभएको थ्रीस्टार क्लबका महासचिव संजीव शिल्पकारले बताए ।
आफूहरुले खेलाडी रिलिज नै नगर्दै अन्य क्लबले मार्की खेलडी घोषणा र खेलाडी किनबेच गरेपछि ए डिभिजन क्लबले विरोध गर्दै आएका छन्।
मगंलबार बस्ने बैठकमा आफूहरुको मागलाई एजेण्डाको रुपमा राखेर छलफल गर्न पनि ४ क्लवले एन्फासँग आग्रह गरेका छन् । क्लबहरुले चालेको कदममा खेलाडी, फुटबलप्रेमी, राष्टिय खेलकुद परिषद्। युवा तथा खेलकुद मन्त्रालयले पनि सत्यतथ्य बुझेर एक्यबद्धता जनाई सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्