निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी



काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुन: रवि सिंह निर्वाचित भएका छन्। ११ सय ८१ मत खसेकोमा सिंहले ७ सय ६५ मत प्राप्त गरेर विजयी भएका हुन्। उनले अध्यक्षका प्रत्यासी निकोलश पान्डेलाई फराकिलो मत सहित पराजित गरेका छन्।

पाण्डेले जम्मा ३ सय ३७ मत पाएका छन् । अर्का उम्मेद्वार  हुमनाथ कोइरालाले ३२ मत मात्रै प्राप्त गरेका छन्। महासंघको वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा ५६३ मत ल्याएर विजयी भएका छन् । यस्तै लुम्बिनी प्रदेश उपाध्यक्षमा टोप बहादुर रायमाझी विजयी भएका छन्।

कर्णाली प्रदेश उपाध्यक्षमा रत्न बहादुर खड्का  र सुदूरपश्चिममा प्रकाश बहादुर सेठी निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा राकेश दाहाल ७ सय १९ मतका साथ निर्वाचित भएका छन् ।  उपमहासचिव नीतिगततर्फ शिवहरि घिमिरे र आन्तरिकतर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्ष हिरान श्रेष्ठ र सह-कोषाध्यक्ष सन्तोष शाह निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्