साउदीका विदेशमन्त्री आज नेपाल आउँदै



काठमाडौं । साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसलविन फरान अल साउद आज नेपाल भ्रमणमा आउँदै छन्। साउदी अरेबियामा रहेका नेपाली कामदारका समस्या सम्बोधन गर्न र अन्य द्विपक्षीय सहकार्यबारे छलफल गर्न उनको भ्रमण तय भएको हो।

२ दिने भ्रमणका क्रममा सहयोग आदानप्रदानका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। द्विपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा अर्थ, श्रम मन्त्रालयलगायतका निकायका अधिकारी संलग्न नेपाली प्रतिनिधिमण्डल गठन गरिएको छ। मन्त्री खड्काले आफ्ना साउदी समकक्षीसँग मंगलबार द्विपक्षीय वार्ता गर्दै छन् ।

भ्रमणका क्रममा विदेशमन्त्री साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्