माओवादी कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक विष्ट एमालेमा



सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्ट नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आइतवार वीरेन्द्रनगरमा आयोजित वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विष्टलाई पार्टीमा स्वागत गरेका हुन्।

विष्टले माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक पद र पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी राजीनामा दिएका थिए। प्रदेशसभा सदस्य रहेका विष्टले फागुन २७ गते नै प्रदेशसभा सचिवालयमा राजीनामा पेश गरेका हुन्। 

त्यस्तै, माओवादी केन्द्रको संसदीय दलको बैठकले सांसद विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको थियो। दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन दिएको निर्देशनलाई अवज्ञा गरेको भन्दै निलम्बन गरेको माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्