पपुवा न्युगिनीविरुद्ध बलिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न टसमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर विक्रम सोब र ज्ञानेन्द्र मल्ल अन्तिम ११ मा छैनन्। ज्ञानेन्द्र पहिलो पटक अन्तिम ११ मा नपरेका हुन् । यसअघि नेपालले खेलेका सबै ओडीआई खेल्ने दुई क्रिकेटर ज्ञानेन्द्र र सन्दीप लामिछाने मात्र थिए।

युवा ब्याटर भीम सार्कीले ओडीआईमा डेब्युको मौका पाएका छन् । भीमले घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले मध्यक्रममा ब्याटिङ गर्नुको साथै पार्टटाइम स्पिनरका विकल्प हुन् । भीमबाट नेपालले मध्यक्रममा राम्रो ब्याटिङको आशा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्