पीएनजीले नेपाललाई दियो १ सय ७४ रनको लक्ष्य



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक एकदिवसिय सिरिजमा पपुवा न्युगिनीले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ९८ विकेट गुमाउदै १ सय ७३ रन जोड्यो ।

पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रनको योगदान गरेका हुन् । लेगा सियाका २० तथा सेसे वाउ १९ रनमा आउट भए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट हात पारेका हुन् । करण केसी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्