को हुन् धानको बिउले शरीरका गोप्य अङ्ग छोप्ने यी युवती ?



काठमाडौं : असार १५ को अवसरमा दुई फोटो चर्चामा रहे । एउटा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको र अर्को धानको बिउले गोप्य अङ्ग्य छोप्दै फोटो सुट गराउने एक युवतीको । 

भट्टराईले गोरखास्थित आफ्नै खेतमा रोपाईँ गर्नेक्रममा दाँदे लगाउँदै गरेको फोटोबारे विभिन्न चर्चा परिचर्चा भयो । तर सँगसँगै भाइरल बन्न पुगेको अर्को फोटो जुन शरीरका गोप्य अंग छोपेको सहितको फोटोसुट गराएको फोटोको अनेकन टिप्पणी भएपनि कतिपयले कसको फोटो भन्नेसम्म भेउ पाउन सकेनन् । 

परिचित अनुहार नभएकाले पनि कसको फोटो भन्नेमा समाजिक सन्जालमा अन्यौलता देखिन्थ्यो । तैपनि धेरैले विकृत जनाउने फोटो भन्दै टिकाटिप्पणी गरेका थिए भने केहीले यसलाई समान्य रुपमा लिइनुपर्ने बताएका थिए । 

हामीले बुझ्दै जाँदा मोडल रितिका जिरेलले सो फोटोसुट गराएको तथ्य फेला परेको छ ।

उनले आफूले फोटोसुटलाई सामान्य रुपमा लिन आग्रह गर्दै यसलाई विवादको विषय बनाउन जरुरी नरहेको बताइन् । 

उनले आफ्नो एकल निर्णयले मात्रै यो फोटोसुट गराएको नभई अग्रज र साथीभाइसमेतको सरसल्लाहमा नयाँपन हुने सोचेर फोटोसुट गराइएको बताइन् । उनले फोटोसुटका लागि धानको बिउको ड्रेसअप तयार गर्न झण्डै ६ घण्टा लागेको पनि बताएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्