किस गर्ने बहानामा प्रेमिकाले जिब्रो छिनाइदिएपछि…



प्रेममा धोका पाएको भन्दै प्रेमी प्रेमिकाले एकअर्काको हत्या गरेका खबर हामीले सुन्दै आएका छौं, पढ्दै आएका छौं। प्रेममा धोका पाएपछि प्रेमिकाले प्रेमीको जिब्रो काटेको खबर भने तपाईंले सायदै सुन्नु भएको थियो होला। 

स्पेनको बार्सिलोनामा एक प्रेमिकाले आफ्नो पूर्वप्रेमीलाई किस गर्ने बहानामा बोलाएर जिब्रो काटिदिएकी छन्। घटनापछि भने ती युवतीलाई प्रहरीले समाएको छ। स्थानीय समाचारमाध्यमका अनुसार आडिया लोपेज इस्टिवले यस्तो गर्नुमा दुई पटकपछिको ब्रेकअपका कारण भएको बताइएको छ। 

सन् २०१६ बाट उनीहरु एक अर्काप्रति नजिकिएका थिए। तर उनीहरुको सम्बन्ध मात्र दुई महिना मात्र टिकेको थियो। तर, लगत्तै उनीहरु फेरि सम्बन्धमा आएका थिए। तर त्यसको चार महिनामा ती युवकले इस्टिवसँगको नाता तोड्न चाहेका थिए।

यो सुनेर केहीबेर इस्टिव चिच्याएकी पनि थिइन्। आफ्नो प्रेमीले आफूसँगको नाता तोडेको रिसमा उनी प्रेमीको नजिक गइन् र अँगालो हालेर भनिन्, ‘म अन्तिम पटक तिमीसँग किस गर्न चाहन्छु।’ 

त्यसपछि उनले ती युवकलाई आफ्नो अँगालोमा बेरेर किस गर्न लागिन् र दाँतले जिब्रो काटेर भुइँमा थुकिदिइन्। यसपछि युवक दुखेर चिच्याउन र कराउन थाले। वरपरका सुनेकाले उनलाई अस्पताल पु-याएका थिए।

घटनापछि स्थानीय प्रहरीले इस्टिवलाई पक्राउ गरेको थियो। तर उनले बयान दिन भने मानेकी थिइनन्। प्रहरीका अनुसार घटनाको पूरै अनुसन्धान भइसकेको र ती युवतीलाई अदालतमा पेस गरिएको थियो। ती युवतीले प्रहरीसमक्ष बयानका क्रममा भनेकी थिइन्, ‘उसले ममाथि हिंसा गरेको थियो, मलाई घाँटी थिचेर मार्नसमेत खोजेको थियो।’

प्रतिक्रिया दिनुहोस्