विचित्रका प्रेमजोडी जसले यसकारण पिउँछन् एकअर्काको रगत 



यो दुनियाँ अचम्मको छ ! यहाँ जे पनि हुन्छ ! यस्तै विचित्रका एक प्रेमी जोडि छन् । जसले एक अर्काको रगत पिउँछन् । 

प्रेमी-प्रेमिकाले एक अर्काको चुम्बन खानु त सामान्य हो तर सुन्दैमा झसङ्ग बनाउने यो सत्य घटना हो । इटाली एक जोडी अर्थात गर्लफ्रेण्ड र ब्वायफ्रेण्डले एक अर्काको रगत पिउने गरेका छन् । जसको कारण पनि अनौठो छ । 

द मिररका अनुसार करीब पाँच वर्ष पहिले डेनिस नामका ती युवकलाई सर्कसका लागि एकजना सहायक चाहिएको थियो । त्यसको लागि उनले फेसबुकमा विज्ञापन दिए । त्यहीँ क्रममा उनको इलारिया नामकी युवतीसँग चिनाजानी भयो । त्यसबेला देखि डेनिस र इलारिया सँगै छन् ।

जर्मनीमा एकपटक भूतको कथामा आधारित एक शो हेरेसँगै उनीहरुले एक अर्काको रगत पिउन सुरु गरेका हुन् । उक्त शोमा प्रेम प्रेमिकाले एक अर्काको रगत पिउँदथे । त्यसयता उनीहरुले निरन्तर एक अर्काको रगत पिउँदै आएका छन् ।

रगत पिउने क्रममा डेनिस र इलारिया दुवैजनाले केही कुराको विशेष ख्याल गर्दछन्, खासगरी गर्मीका दिनहरुमा जतिबेला रगत छिट्टै जम्दछ । जसका कारण सिरिञ्जबाट रगत निकाल्ने बित्तिकै उनीहरुले रगत पिइहाल्छन् ।

डेनिसका अनुसार रगत एक पौराणिक जूस हो, जुन जीवनसँग जोडिएको छ । डेनिस र इलारियाका अनुसार एकजनाको रगत अर्को व्यक्तिको शरीरमा जानाले प्रेममा अझै बढोत्तरी हुन्छ । साथै दुवैजनाको स्वभावमा पनि समानता आउनेछ । सोही विश्वासमा उनीहरुले एक अर्काको रगत पिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्