एकअर्काको रगत पिउने अचम्मका प्रेमजोडी



काठमाडाैं :  प्रेमी–प्रेमिकाले एक अर्कालाई चुम्बन गर्नुत स्वभाविकै हो । तर, यो दुनियाँमा एउटा यस्तो प्रेमी जोडी छ, जसले एक अर्काको रगत पिउँछन् । सुन्दै अच्चम लाग्ने यो घटना इटालीको हो । 

इटालीका यी जोडीले एक अर्काको रगत पिउँछन् यसका कारण उनीहरु निकै चर्चामा छन् । 

द मिररका अनुसार करिब ५ वर्ष पहिले डेनिस नामका ती युवकलाई सर्कसका लागि एकजना सहायक चाहिएको थियो । त्यसको लागि उनले फेसबुकमा विज्ञापन दिए । सोही क्रममा उनको इलारिया नामकी एक युवतीसँग चिनाजानी भयो । त्यस बेलादेखि डेनिस र इलारियासँगै छन् ।

जर्मनीमा एक पटक भूतको कथामा आधारित एक शो हेरेसँगै उनीहरुले एक अर्काको रगत पिउन सुरु गरेका हुन् । उक्त शोमा प्रेम प्रेमिकाले एक अर्काको रगत पिउँदथे । त्यसयता उनीहरुले निरन्तर एक अर्काको रगत पिउँदै आएका छन् ।

रगत पिउने क्रममा डेनिस र इलारिया दुवै जनाले केही कुराको विशेष ख्याल गर्दछन्, खासगरी गर्मीका दिनहरुमा जतिबेला रगत छिट्टै जम्दछ । जसका कारण सिरिन्जबाट रगत निकाल्ने बित्तिकै उनीहरुले रगत पिउँछन् । 

डेनिसका अनुसार रगत एक पौराणिक जूस हो, जुन जीवनसँग जोडिएको छ । डेनिस र इलारियाका अनुसार एकजनाको रगत अर्को व्यक्तिको शरीरमा जानाले प्रेममा अझै बढोत्तरी हुन्छ । साथै दुवैजनाको स्वभावमा पनि समानता आउनेछ । सोही विश्वासमा उनीहरुले एक अर्काको रगत पिउने गर्छन् । 

 

प्रतिक्रिया दिनुहोस्