इरान अमेरिका तनाव : परमाणु बममा काे कति शक्तिशाली ?



इरान र अमेरिकाबीचको तनाव मत्थर हुने संकेत देखिएकाे छैन। इरानी ड्रोन अमेरिकाले खसालेपछि दुनियाँका शक्ति राष्ट्रहरु ध्रुवीकृत अवस्थामा छन्। 

याे घटनापछि अमेरिका र रुस पनि फेरि एकपटक आमनेसामने हुने देखिन्छ। दुवै परमाणु हतियारसम्पन्न देश हुनुका कारण यो अवस्था चिन्ताजनक हो।

अर्कोतर्फ हतियार दौडमा रहेका केही देशले आफ्नो प्रतिरक्षा बजेटको खर्च बढाइरहेका छन् । यस्तो अवस्थामा यदि दुनियाँमा परमाणु युद्ध सुरु भयो भने के होला? सायद मानव सभ्यताको अस्तित्व नै खतरामा पर्ने जोखिम छ । आखिर दुनियाँमा कुन देशसँग कति परमाणु बम छन् त?

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्यूटको एक रिपोर्टले यो तथ्य बाहिर ल्याएको छ। परमाणु हतियारको संख्यामा पछिल्लो समयमा कमी आएको भए पनि दुनियाँका ९ वटा देशहरुसँग अहिले पनि परमाणु बम छन्। यी देशमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, इजरायल र उत्तर कोरिया छन्। 

यीमध्ये कुन देशसँग कति परमाणु बम छन् ?

  • रुसः ६५००
  • अमेरिका : ६१८५
  • फ्रान्स : ३००
  • चीन : २९०
  • बेलायत : २००
  • भारत : १३०–१४०
  • इजरायल : ८०–९०
  • उत्तर कोरिया : २०–३०

रिपोर्टअनुसार विश्वमा परमाणु हतियारको कुल उत्पादन कम भए पनि दक्षिण एसियामा भने बढिरहेको छ। सन् २०१९ को सुरुवातमा विश्वमा परमाणु हतियारको कुल संख्या १३ हजार ८ सय ६५ थियो। त्यसमा तैनाथ गरिएका र विघठन गरिएका सबै हतियार गण्ना गरिएका छन्। 

प्रतिक्रिया दिनुहोस्