एमालेले गठबन्धन नगरेरै ६० प्रतिशतसहित जित हासिल गर्ने योगेशको दाबी



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा पार्टीले अन्य दलसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् । शुक्रबार धनगढीमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले भर्खरै सम्पन्न केन्द्रीय कमिटीको बैठकले समेत स्थानीय निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा कुनै निर्णय नलिएको र केन्द्रीय स्तरबाट गठबन्धनको घोषणासमेत नहुने बताएका हुन् ।

यद्यपी उनले आवश्यकताका आधारमा तल्लो तहका कमिटीको सिफारिसमा जिल्ला कमिटीको निर्णयबमोजिम गठबन्धन हुन सक्ने सम्भावना रहेका बताएका छन् । उनले भने, ‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन् । आवश्कयता परेमा तल्लो कमिटिको सिफारिसमा सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्छ ।’ उनले पार्टी विभाजन भएका बेलामा समेत ६० प्रतिशत स्थानीय तहमा एमालेको जित सम्भव रहेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्