साविक विजेता चिलीलाई हराउँदै पेरु फाइनलमा



साविक विजेता चिलीलाई पराजित गर्दै पेरुले कोपा अमेरिका २०१९ को फाइनलमा ब्राजिलसँगकाे भेट पक्का गरेकाे छ। पेरुले आज बिहान भएकाे दाेस्राे सेमीफाइनल खेलमा लगातार तेस्राे पटक फाइनल यात्रामा रहेकाे चिलीकाे सपना  ३-० गाेलअन्तरले निरास बनाएकाे हाे। 

पेरुले खेलको २१ औं मिनेटमा अग्रता लिएको थियो। बायाँ विङ्गबाट आएको क्रसलाई आन्द्रे क्यरिलोले हेडर गरेको बललाई एडिसन फ्लोरेसले फार पोस्टबाट गोलमा परिणत गर्दै टाेलीलाई अघि बढाएका थिए। त्यसअघि चिलीले सातौं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो। जान बोसेजरको क्रसमा चार्ल्स आरान्गिजको प्रहार पोस्टको दिशातिर गएन। 

खेलको ३८ औं मिनेटमा पेरुका लागि योसिमार योतुनले अग्रता दोब्बर पारेका थिए। चिलीका गोलरक्षक अरियासले पोजिसन बाहिर रहेर विङमा डिफेन्ड गर्न गएपछि क्यारिलोको लामो क्रसलाई योतुनले पेनाल्टी क्षेत्र बाहिरबाट गोलको दिशा दिए ।

दोस्रो हाफको इन्जुरी समयमा जुआन पाउलो गुरेरोले गोल गर्दै चिलीको फाइनल यात्रा तय गरे। उनले रेनाटो टापियाको पासमा गोल गरेका थिए। लगत्तै चिलीले पेनाल्टीमा सान्त्वना गोल फर्काउने मौका पाए पनि एडुआर्डो भार्गासको प्रहार गोलरक्षकले बचाए।

प्रतिक्रिया दिनुहोस्