भाषणकै क्रममा सीईओमाथि एक युवकले पानी खन्याइदिएपछि‍…



चीनको एउटा सर्च इन्जिन कम्पनीको कार्यक्रम भइरहेको थियो। यो एउटा इन्टरनेटसम्बन्धी विश्वकै टपमध्येको एउटा कम्पनी मानिन्छ। ३ जुलाई अर्थात बुधबार कम्पनीको वार्षिकोत्सव चलिरहेको थियो। कम्पनीका सीईओ र फाउन्डरले दुई दिनको कार्यक्रम घोषणा गरिरहेका थिए।

कम्पनीका बारेमा सीईओ बोल्दै थिए। त्यतिकैमा एक व्यक्ति मञ्चमा चढे। उनले हातमा पानीको बोतल लिएका थिए। ती व्यक्ति रविन नाम गरेका सीईओको सामुन्ने गएर उक्त बोतलको पानी सीईआको शरीरभरि खन्याइदिए। र त्यहाँबाट भागे। उपस्थिति सबै एकछिन छक्क परे। कतिपयले ले उक्त घटना कार्यक्रमको एक भाग भएको समेत अनुमान गरेको पछि बताएका थिए। 

तर उक्त कार्य त्यसो भने थिएन। किनकि पानी खन्यादिने ती व्यक्तिलाई समात्न स्टेजमा सेक्युरिटी गार्ड आइसकेका थिए। उनीहरुको त्यो कार्य देखेर छक्क परेका थिए। आफ्नो शरीरमा परको पानी झार्दै र लुगा टकटक्याउँदै ती सीईओले पानी खन्याइदिने व्यक्तिसँग सोधे, ‘आखिर तिमी के चाहन्छौ? 

उपस्थित अझै यस घटनाबारे बेखबर थिए। हेरिरहेका थिए। ती सीईओ त्यस घटनापछि पनि बोल्न थाले। उनले आफ्नो भाषण जारी राखे। भने, ‘तपाईंहरु देख्न सक्नुहुन्छ, यस तरिकाले मैले यस्तो पनि सामना गर्नुपरिरहेको छ।'

तर, मलाई आशा छ, आर्टिफिशियल इन्टेलिजेन्सले हर कुनै कुराको लाइफ बदल्न सक्छ।’ ती व्यक्तिले सीईओ रोबिनमाथि किन पानी हाले ? यो अहिलेसम्म पत्ता लाग्न सकेको छैन। उनको पहिचान भएको र उनबारे पत्ता लाग्न नसिकएको बताइएको छ। 

प्रतिक्रिया दिनुहोस्