वेस्ट इन्डिजले अफगानिस्तानविरुद्ध टस जितेर ब्याटिङ राेज्याे



एजेन्सी : इंग्ल्याण्ड र वेल्समा जारी १२ औँ एकदिवसीय विश्वकपमा वेष्ट इण्डिजले अफगानिस्तानविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

जारी विश्वकपमा आठ खेलबाट तीन अंक मात्रै जोडेको वेष्ट इण्डिज अंकतालिकाको नवौं स्थानमा छ। आठ खेलमध्ये एक खेल मात्रै जितेको वेष्ट इण्डिज ६ खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो।

आफूले खेलेका आठै खेलमा पराजित भएर अंकविहीन बनेको अफगानिस्तान भने अंकतालिकाको पुछारमा छ।

दुवै टोली जारी विश्वकपको सेमिफाइनलको होडबाट बाहिरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्