जब गाईले नै फुटबल खेल्न थालेपछि खेलाडीहरु परे चकित ! (भिडियाेसहित)



एजेन्सी : अहिले सबैतिर फुटबल र क्रिकेटकै माहोल छ। मानिसहरु क्रिकेट विश्वकप र ब्राजिलमा जारी कोपा अमेरिकामा व्यस्त छन्। आआफ्नो टिमको खुलेर समर्थनमा लागेका छन्। यसैबीच भारतमा भने गाईले फुटबल खेलको भिडियो यतिबेला भाइरल बनेको छ।

 

जसमा एउटा गाई केही युवाको माझबाट फुटबल खोसेर एक्लै खेलेको छ। यो देखेर त्यस वरपरका युवा आश्चर्यचकित भएका छन्। भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

फुटबल खेलिरहेका युवाको बीचमा एक्कासि गाई आउँछ र फुटबलमा एकाधिकार जमाउँछ। गाईले फुटबल खोस्छ। फेरि गाई भएको ठाउँमा केटाहरु जान्छन्, तर फुटबल लिन गएका ती युवालाई गाईले आफू वरपर पर्न दिँदैन। उनीहरुलाई लखेट्छ। यो भिडियो करिब सवा २ मिनेट छ।

भिडियाे हेर्न याे लिंकमा जानुहाेस् :

This is the funniest thing you will see today! pic.twitter.com/Kfz08Dka3Z

— Harsha Bhogle (@bhogleharsha) July 1, 2019

 

प्रतिक्रिया दिनुहोस्