फ्रयांक लाम्पार्ड चेल्सीका नयाँ म्यानेजर



काठमाडाैं : फ्राङ्क लाम्पार्ड प्रिमियर लिग क्लब चेल्सीका नयाँ म्यानेजर नियुक्त भएका छन्। माउरिजियो सारीले क्लब छाडेपछि क्लबका पूर्वखेलाडीसमेत रहेका लाम्पार्ड नयाँ म्यानेजरका रुपमा नियुक्त भएका हुन्। लाम्पार्ड यसअघि डर्बीको म्यानेजर रहेका थिए। 

डेली मेलका अनुसार चेल्सीले  ४१ बर्से लाम्पार्डलाई भित्र्याउन ४० लाख पाउण्ड खर्च गरेकाे छ।

चेल्सीमा रहँदा मिडफिल्डर लाम्पार्डले ४ सय २९ खेल खेलेका १ सय ४७ गोल गरेका थिए। यसक्रममा उनले ३ वटा प्रिमियर लिग, एउटा च्याम्पियन्स लिग, एउटा युरोपा लिग, चार वटा एफए कप र दुई लिग कपको उपाधि जिताएका थिए।

प्रतिक्रिया दिनुहोस्