सेमिफाइनल प्रवेशको झिनो आसासहित बंगलादेशसँग भिड्दै पाकिस्तान



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार (आज) पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। लड्समा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ।

बंगलादेश प्रतियोगिबाट बाहिरिसक्दा पाकिस्तानको भने झिनो अंक गणितीय सम्भावना कायम छ। पाकिस्तानले अप्रत्यासित फराकिलो जित निकाल्न सके सेमिफाइनलमा प्रवेश गर्ने छ। अन्तिम चारमा पुग्न पाकिस्तानलाई जितले मात्र पुग्ने छैन, नेट रनरेटमा समेत माथि आउनुपर्नेछ।

जितले पाकिस्तान र न्युजिल्याण्डको समान अंक हुने भएकाले पाकिस्तानलाई फराकिलो जित आवश्यक छ। नेट रनरेट हेर्दा पाकिस्तान भन्दा न्युजिल्याण्ड निकै माथि छ। सोही कारण पाकिस्तानले बंगलादेशविरुद्व चमत्कारिक नतिजा आत्मसाथ गर्नुपर्नेछ।

तर, पछिल्लो समय गरिरहेको प्रर्दशनले बंगलादेश पाकिस्तानविरुद्ध हाबी हुने देखिन्छ। पाकिस्तानको टिममा तीव्र गतिका बलर राम्रा छन्। तर लड्र्सको पछिल्लो अवस्था अनुसार स्पिनरलाई सहज हुन अनुमान गरिएको छ। पाकिस्तान तालिकाको पाँचौ स्थानमा छ।

चौथो स्थानको न्युजिल्याण्डको राम्रो नेट रनरेट भएका कारण पाकिस्तानको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन छ। बंगलादेश ७ अंक सहित तालिकाको सातौ स्थानमा छ। न्युजिल्याण्ड सेमिफाइनलको लगभग नजिक छ। 

प्रतिक्रिया दिनुहोस्