उल हकको शतकमा बंगलादेशलाई फराकिलो लक्ष्य



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशसामू जितका लागि ३ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ। लड्समा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३ सय १५ रन बनायो।

पाकिस्तानका लागि ओपनर इमाम उल हकले शतकीय इनिङ खेले। १०० बलको सामना गरेका हकले ७ चौंकासहित १०० रनको योगदान दिए। इमामले आफ्नो वान डे करिअरको सातौं तथा विश्वकपमा पहिलो शतक पूरा गरे। बाबर अजामले ९६ रन बनाए।  शतक बनाउन मात्र ४ रनले चुकेका अजामले ९८ बलमा ११ चौंका प्रहार गरे।

त्यस्तै इमाद वासिमले ४३, मोहमद हाफिजले २७ तथा फखर जमानले १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। बंगलादेशका मुस्ताफिजुर रहमानले १० ओभर बलिङ गर्दै ७५ खर्चिएर ५ विकेट लिए।  यस्तै मोहमद सैफुदीनले ३, तथा मेहेदी हसनले १ विकेट लिए।

 

प्रतिक्रिया दिनुहोस्