न्युजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनलमा, पाकिस्तान बाहिरियो



काठमाडौं : न्युजिल्याण्ड १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। लिग चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई फराकिलो अन्तरले पराजित गर्न नसक्ने भएपछि भाग्यमानी बन्दै न्युजिल्याण्ड विश्वकपको सेमिफाइनल पुगेको हो।

योसँगै विश्वकपको सेमिफाइनलमा पुग्ने ४ वटै टोलीको टुंगो लागेको छ। यसअघि अष्ट्रेलिया, भारत र आयोजक इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। पाकिस्तान सेमिफाइनलको झिनो गणितिय सम्भावना सहित बंगलादेशविरुद्ध उत्रिएको थियो।

पाकिस्तानले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो। यस अवस्थामा पाकिस्तानलाई सेमिफाइनल पुग्न ३ सय ८ रनको जित आवश्यक थियो। तर, पाकिस्तानले फराकिलो अन्तरको जित निकाल्न नसक्ने भएपछि न्युजिल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो।

पाकिस्तानले बंगलादेशलाई ७ रनमै राेकेको खण्ड मात्रै पाकिस्तानको लागि सेमिफाइनलको ढोका खुल्ने थियो। जुन चमत्कार भएमा मात्रै सम्भव थियो। पाकिस्तानले चमत्कार गर्न सकेन र प्रतियोगिताबाट बाहिरियो।

प्रतिक्रिया दिनुहोस्