गाडामा कार ठोकिएपछि गधा हावामा ! (भिडियो)



काठमाडौं : भारतको उत्तरी शहरमा एउटा कार गधाले तानेको गाडामा ठोकिएपछि गधा हावामा उडेको छ ।  यसरी गाडा र गाडी ठोकिँदा सडक अव्यवस्थित भएको थियो अनि पैदलयात्रीहरू सुरक्षित स्थानतिर भागेका थिए ।

गाडासँग ठोकिएपछि कारको बोनट कुच्चिएको थियो तर चालकलाई चोटपटक लागेन । असार ५ गते भएको घटना सीसीटीभीमा रेकर्ड भएको थियो । 

शुरूमा गधाले छेउको सडकबाट बिस्तारै आइरहेको देखिन्छ । उसले तानेको गाडामा एकजना मानिस बसेको देखिन्छ ।

अचानक तीव्र गतिमा आइरहेको कार पछाडि देखिन्छ र गाडालाई पछाडिबाट ठोक्छ । ठोकिएपछि गाडा मास्तिर उचालिन्छ तर दुईवटा चक्कामा अगाडि बढिरहन्छ । गाडा चलाउने मानिस भने पछिल्तिर पछारिन्छन् । 

अनि गधा पनि मास्तिर उचालिन्छ र पछाडिका दुईवटा खुट्टामा लतारिन्छ । गधा र गाडाचालक दुवैलाई चोटपटक लागेन । कारचालकलाई पनि चोट लागेन ।

प्रतिक्रिया दिनुहोस्