उपाधि दाबेदार भारत श्रीलंकासँग भिड्दै



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार (आज) उपाधि दाबेदार भारतले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। लड्समा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ।

एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकोको भारतले प्रतियोगिताबाट बाहिरिसकेको श्रीलंकासँग लिग चरणको अन्तिम खेलमा खेल्न लागेको हो। भारत लिग चरणको अन्तिम खेल समेत जित्न चाहन्छ। यता, श्रीलंका समेत प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउमा हुनेछ।

भारतलाई मुख्य रुपमा चौंथो नम्बरको ब्याट्सम्यानले सताएको छ। मध्यक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन श्रीलंकाको लागि चिन्ताको विषय हो। भारतले आजको खेलमा दिनेश कार्तिकको स्थानमा रविन्द्र जडजालाई मौका दिन सक्छ। जडेजाले हालसम्म मौका पाएका छैनन्।

भारत आजको खेलमा विजयी भए र उता अष्ट्रेलिया दक्षिण अफ्रिकासँग पराजित भएको खण्डमामात्रै शीर्ष स्थानमा उक्लिने छ। शीर्षस्थानको टोलीले चौथो स्थानमा रहेको न्युजिल्याण्डसँग सेमिफाइनल खेल्ने छ। त्यसैले भारत शीर्ष स्थानमा उक्लन चाहन्छ। उता, अष्ट्रेलिया विजयी भए भारत र इङ्ल्याण्डबीच सेमिफाइनल हुनेछ। अष्ट्रेलिया विजयी भए न्युजिल्याण्डसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्