अष्ट्रेलियाको नजर शीर्ष स्थान, दक्षिण अफ्रिकाको लक्ष्य सुखद अन्त्य



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा शनिबार (आज) शीर्ष स्थानको अष्ट्रेलिया र प्रतियोगिताबाट बाहिरिसकेको दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। म्यानचेस्टरमा हुने खेल नेपाली समयअनुसार बेलुका ६ः१५ मा सुरु हुनेछ।

दक्षिण अफ्रिकालाई पराजित गर्दै अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमै रहने लक्ष्यका साथ मैदानमा उत्रनेछ। अष्ट्रेलिया आजको खेलमा विजयी भए शीर्षस्थानमा रहँदै चौथो स्थानमा रहेको न्युजिल्याण्डसँग सेमिफाइनल खेल्ने छ।

तर, अष्ट्रेलिया पराजित भएर उता भारतले श्रीलंकालाई पराजित गरेको अवस्थामा भने सेमिफाइनलमा तेस्रो स्थानमा रहेको इङ्ल्याण्डसँग खेल्नुपर्ने हुन्छ। इङ्ल्याण्ड भन्दा न्युजिल्याण्ड तुलनात्मक रुपमा केहि कमजोर देखिन्छ। त्यसैले अष्ट्रेलियालाई शीर्ष स्थानमा रहँदै न्युजिल्याण्डसँग सेमिफाइन खेल्ने अवसर छ।

अष्ट्रेलिया ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ। प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको दक्षिण अफ्रिकाले ८ खेलबाट ५ अंक जोडेको छ। दक्षिण अफ्रिकाले ८ खेलमा मात्र २ खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्